समाज


रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी पासवानको मृत्यु

रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी पासवानको मृत्यु

नेपालखबर
भदौ ११, २०८२ बुधबार १८:१४, काठमाडौँ

रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले केहीबेर पहिले अस्पतालले मृत घोषणा गरेको बताए।

रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबीकुमारीको गएको शनिबार बेलुका हत्या भएको थियो। भोलिपल्ट आइतबार बिहान सडकमा फालिएको सुटकेसमा उनको शव फेला परेको थियो। 

साहका हत्या आरोपी पासवान भने बुधबार बिहान आफ्नो घरनजिकै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेका थिए। बुधबार वर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको गएको शनिबार बेलुका हत्या भएको थियो। भोलिपल्ट आइतबार बिहान सडकमा फालिएको सुटकेसमा साहको शव फेला परेको थियो। 

साहका हत्या आरोपी पासवान भने बुधबार बिहान आफ्नो घर नजिकै शरीरमा मटितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेका थिए। वर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।  

पासवान रौतहटकै माधवनारायण नगरपालिका ६ स्थित नहरको छेउमा राजदेवी बन्दिर नजिकै चौरमा फेला परेका थिए। रुबी साहको शव भदौ ७ गते बेलुका १० बजेतिर रौतहटको गौर नगरपालिका ९ स्थित मुडवलवा गेट नजिकै सुटकेसमा फेला परेको थियो। 

आत्मदाहको प्रयास पहिले उनले मिडिओ सार्वजनिक गर्दै साहको हत्या आफूले गरेको स्वीकार गरेका थिए। पासवानले छात्तीको दाहिनेतिर रुबीकै तस्विरको ट्याटु बनाए थिए भने दाहिने हातमा रुबीकै नाममा ट्याटु खोपेका थिए। 

पासवानकी पत्नी छिन्। रुबीले पनि १३ वर्ष पहिले नै भारतीय नागरिकसँग बिबाह गरेकी थिइन्। उनी छोरो पढाउन भन्दै केहीमहिनादेखि रौतहटमा बस्दै आएकी थिइन्।  पासवान भने रोजगारीका लागि मलेसिया थिए। 

मलेसियाबाट फर्किएको केही समयमै रुबीको हत्या गरेका पासवानको पनि मृत्यु भएको हो।

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad