कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका–९ चमरसठस्थित धमौली अघिया खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो खोलामा डुबेर अशक्त बनेकी बाणगंगा नगरपालिका-७ मोतीपुरकी १० वर्षीया मनिशा विकलाई तत्काल जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
12
Shares

प्रतिक्रिया