कवाड व्यवसायीले घेरे काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा उनीहरुले मंगलबार महानगरपालिका घेराउ गरेका हुन्।
भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउमा गएका हुन्। उनीहरुले महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाए।
मेयर शाह विरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्याली गरेका छन्। महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरुको आरोप छ।
उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्। उनीहरुले सोमबार पनि प्रदर्शन गरेका थिए।




Shares

प्रतिक्रिया