समाज


२ मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते

दुर्घटनामा परेको मोटरसाइकल बसमा पनि ठोक्कियो
२ मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते

नेपालखबर
भदौ ८, २०८२ आइतबार ५:३७, बागमती

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। 

दुर्घटनामा  प९०६९ नम्बरको मोटरसाइकलको पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक उनका ४८ वर्षीय श्रीमान प्रवीण श्रेष्ठ घाइते भएका थिए।

गम्भीर घाइते कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ म्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

मोटरसाइकलमा ठोक्किएपछि बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल ना ७ ख ५०१० नम्बरको बसमासमेत ठोक्किएको थियो। 

मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad