ad ad

समाज


कीर्तिपुर नगरपालिकाले पाँच सय विद्यार्थीलाई राहत उपलब्ध गरायो

कीर्तिपुर नगरपालिकाले पाँच सय विद्यार्थीलाई राहत उपलब्ध गरायो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ९:४३,

कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ।

नगरपालिकाले शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीहरुलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नं. ९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए।

संयोजक महर्जनले कुनै पनि विद्यार्थीलाई भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए। उनले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थीहरु सबैको आकडा आउने क्रममा नै रहेको र समस्यामा परेका सबैलई राहत उपलब्ध गराउने बताए।

विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्ण पसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए। उनले विश्व विद्यालयमा अध्यनरत करिब ५ सय जनाले राहत पाएको जानकारी दिए।

नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलुलगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको हो। कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .