काठमाडौँ महानगरपालिकाले डेंगु रोग नियन्त्रणको लागि १ दिने मेगा अभियान सञ्चालन गर्ने जनाएको छ।
महानगरले सूचना प्रकाशित गरी भदौ ६ गते विहान ८ बजे ‘वाक एन्ड एक्ट’ कार्यक्रम सञ्चालन हुने जनाएको छ।
सो अभियानको सुरुवात राष्ट्रिय सभा गृहबाट हुनेछ।
कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, आम नगरबासीहङलाई सचेत गराउने रहेको महानगरले जनाएको छ।
‘हरेक हप्ताको शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने कार्य गर्दै आएकोमा सो कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरी आम नगरवासीहरूलाई सचेत गराउने उद्देश्यले मिति २०८२।०४।२७ गतेको विभागीय स्तरीय निर्णयानुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणको लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिने’ महानगरले जनाएको छ।

Shares

प्रतिक्रिया