समाज


भारतीय नोटसहित पक्राउ परेका दुई जना कारागार चलान

भारतीय नोटसहित पक्राउ परेका दुई जना कारागार चलान

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ८:४४,

हेटौँडा स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ।

जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शंकर सरकारलाई कारागार चलान गरिएको हो।

राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले उनीहरुलाई जनही रु १७ लाख धरौटी मागेको थियो। गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोसहित उक्त रकम बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुले कानूनविपरीत प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad