समाज


‘हेटौंडामा र्‍यापिड रिपाेर्ट पोजिटिभ देखिएका चार जनामा कोरोना रहेनछ’

‘हेटौंडामा र्‍यापिड रिपाेर्ट पोजिटिभ देखिएका चार जनामा कोरोना रहेनछ’

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ८:४२,

हेटौंडामा र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गर्दा नतिजा पोजिटिभ (एन्टिबडी) देखिएका चारजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ (कोरोना भाइरस नभएको) आएको छ।

उनीहरूको नमुना (स्वाब) पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ।

शुक्रबार बिहान रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो।

भारत गएर फर्किएका हेटौंडा-२ का ६७ वर्षीय वृद्ध, भारतकै बैंग्रबाट फर्किएका हेटौंडा-५ का २४ वर्षीय युवक, साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक र भारत बिहार घर भई हाल हेटौंडा-४ आफन्तकहाँ आएकी ५५ वर्षीय महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियाे। 

त्यसपछि उनीहरूको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हाे। 

याे पनि: 

कोरोना परीक्षणः हेटौंडामा देखियो विदेशबाट आएका चार जनामा एन्टिबडी पोजिटिभ

सरकारलाई प्रश्नः कोरोना निर्क्याेल गर्न अन्ततः पीसीआर नै गर्नुपर्छ भने र्‍यापिड टेस्ट किन?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad