समाज


बेलायतमा लकडाउन तीन हप्ता थपियो

बेलायतमा लकडाउन तीन हप्ता थपियो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ८:४,

बेलायत सरकारले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका हुन्।

उनले भने, ‘आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई नोक्सान पु–याउने सुझाव दिएको छ। यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ।’

उनले यी उपायहरूमा छुट दिन पाँच प्रमुख सर्तहरू अघि सारेको छ। ती सर्तहरुमा बिरामीहरूको बढ्दो संख्यालाई सामना गर्न राष्ट्रिय स्वास्थ्य सेवाको क्षमता विकास भएको हुनुपर्ने, कोरोना भाइरस–सम्बन्धित मृत्यु दरहरूमा एक दिगो र लगातार न्यून भएको ठोस प्रमाण हुनुपर्ने, संक्रमणको दर प्रबन्धनीय स्तरमा घट्दै गएको हुनुपर्ने, आवश्यक संशाधनहरूको उपलब्धता र परीक्षण क्षमता पर्याप्त रहेको देखिनुपर्ने तथा संक्रमणको दोस्रो लहरमा प्रवेश नहुने सुनिश्चित हुनुपर्ने रहेका छन्।

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ। रासस–एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad