राजनीति


अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ८:२७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरिएको छ।

‘मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ। यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ’, ट्रम्पले भनेका छन्। यद्यपि नयाँ निर्देशिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्धहरु यथावत रहने उल्लेख छ।

‘ओपनिङ अप अमेरिका’नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराएका छन्। उक्त निर्देशिकामा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ। लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनु पर्ने पूर्वशर्त राखिएको छ।

पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा ‘सामाजिक दूरी’ को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ। साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ। यसबाहेक ‘अत्यावश्यक बाहेक’ को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ।

तेस्रो चरणअन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ। ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा ‘सबैभन्दा ठूला परिवर्तन’ सामना गर्नु पर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नु पर्नेछ।

बिहीबार साँझसम्म संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६ लाख ८० हजारको हाराहारीमा पुगेको छ भने ३४ हजारभन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

राष्ट्रपति ट्रम्पले गत बुधबार अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गर्नु भएको थियो। तर, अमेरिकामा विगत तीन दिनदेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ। रासस–एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad