समाज


बाटामा मानिसको बिजोग देखेपछि महावीर पुनले गरे यस्तो भावुक अपिल

बाटामा मानिसको बिजोग देखेपछि महावीर पुनले गरे यस्तो भावुक अपिल

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ७:३६,

नेपालका वैज्ञानिक महावीर पुनले लकडाउनका कारण यातायात बन्द भएपछि पैदलै आफ्ना घर जाने क्रममा बाटामा अलपत्र परेका मजदुरप्रति अमानवीय व्यवहार नगर्न आग्रह गरेका छन्।

पोखरादेखि ५ दिन हिँडेर दाङ आइपुगेका बर्दिया र कैलालीका मजदुर चर्काे घाममा अर्जनखोला  किनारमा पल्टिएर आराम गर्दै-

higwayjourney 1

सञ्चारमाध्यममा सार्वजनिक तस्बिर हेरेर भावुक बनेका वैज्ञानिक पुनले फेसबुकमा स्टाटसमार्फत भनेका छन्, ‘साथीहरू, यो त साह्रै भएन, यी मजदुरहरूप्रति अति नै अमानवीय व्यवहार भयो।’

संघीय, प्रदेश र स्थानीय सरकारले यस्ता वर्गको पीडा पक्कै देख्दैन/सुन्दैन भन्दै उनले यी घर फर्किंदै गरेका गरिब मजदुरलाई बाटामा पर्ने जोसुकै दयालु स्थानीय जनता, क्लब, सामाजिक संस्था, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद जो जसले जे जस्तो सहयोग गर्न सकिन्छ, मद्दत गर्न आह्वान गरेका छन्।

उनको आग्रह छ- ‘सम्भव छ भने गोरुगाडा, ट्याक्टर, मोटरसाइकल, जिप, ट्रकमा १०–२० किलोमीटर वा जे जति पर पुर्‍याउन सक्नुहुन्छ पुर्‍याइदिनुहाेला।’

उनीहरू भोका रहेकाले बाटामा भेट्नेले आफूसँग जे जस्ता खानेकुरा छन्, खान दिन आग्रह गर्दैै वैज्ञानिक पुनले उनीहरूप्रति अमानवीय व्यवहार नगर्न पनि अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘देख्नेबित्तिकै नतर्सनु होला। यिनीहरूसँग कोरोना हुने सम्भावना एकदमै कम छ। तर दूरीचाहिँ कायम राख्नु होला।’

 साथै आफूले गर्न सक्ने केही सहयोग भए त्यसका लागि आफू तयार रहेको भन्दै उनले आफ्नाे सम्पर्क नम्बर सार्वजनिक गरेका छन्- ९८४१५९२३६१।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .