ad ad

समाज


औषधि बोकेको देख्दादेख्दै कलंकीमा प्रहरीले यसरी कुट्यो दुई महिला र एक पुरुषलाई

औषधि बोकेको देख्दादेख्दै कलंकीमा प्रहरीले यसरी कुट्यो दुई महिला र एक पुरुषलाई

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ३:४८,

काठमाडौंको कलंकीमा औषधि लिएर फर्किंदै गरेका दुई महिलासहित तीन जनालाई प्रहरीले निर्मम रूपमा कुटपिट गरेकाे छ। 

हातमा औषधिको झोला बोकेका ती दुई महिला र पुरुषले ‘हामी अति जरुरी औषधि किनेर फर्किएका हौं, औषधि किनेको बिल देखाउँछौं’ भन्दाभन्दै पनि प्रहरीले लछारपछार गरी निर्मम ढंगले लाठी प्रहार गरेका हुन्।

बिहीबार साँझ भएको यो घटना हेल्थपाटी युट्युबले आफ्नो भिडियोमा राखेको छ। जहाँ प्रहरीले एक पुरुष र दुई महिलालाई समातेर लाठी प्रहार गरिरहेको र पीडितहरूले गुहार गुहार भन्दै चिच्याइरहेको दृश्य देखिन्छ।

यसअघि बुधबार बेलुका पनि प्रहरीले महाराजगन्जमा त्रिवि शिक्षण अस्पतालका तीन डाक्टरलाई परिचयपत्र देखाउँदा देखाउँदै कुटेका थिए। त्यो घटनाको छानबिन गर्न बनेको समितिले अहिले अनुसन्धान गरिरहेको छ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले अहिले देशभर लकडाउन गरेको छ र अत्यावश्यक काम नपरी कसैलाई पनि घरबाट ननिस्कन भनेको छ।

तर यसका नाममा प्रहरीले अत्यावश्यक कामका लागि हिँडेका नागरिकलाई पनि दुव्र्यवहार र कुटपिट गर्न थालेपपिछ आलोचना बढेको छ।

याे पनि: 

चिकित्सक कुटपिट प्रकरण : महाराजगञ्जका डीएसपी मेट्रोमा तानिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .