ad ad

समाज


कोरोनालाई जित्दै ६५ वर्षीया वृद्धा

कोरोनालाई जित्दै ६५ वर्षीया वृद्धा

वाशुदेव मिश्र
बैशाख ४, २०७७ बिहिबार १३:५८,

बागलुङकी ६५ वर्षीया वृद्धाको तेस्रो परीक्षण पनि नेगेटिभ देखिएको छ। धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेकी उनको तेस्रो परीक्षण पनि नेगेटिभ आएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहीबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब परीक्षण गरिएको थियो।

नेगेटिभ रिपोर्ट आएकी वृद्धाको २४ घण्टाभित्र पुनःथ्रेट स्वाव संकलन गरेर पुनः परीक्षण गरिने छ। चौथो पटक पनि नेगेटिभ रिपोर्ट आएमा अस्पतालबाट डिस्चार्जको प्रक्रिया सुरु हुने धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बहादुर पोखरेलले बताए।

यता, सोही अस्पतालको आइसोलेसनमा उपचाररत १९ वर्षीया युवतीको भने चौथो पटक गरिएको परीक्षणमा पनि कोरोनाको संक्रमण पोजेटिभ नै देखिएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बागलुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जनाए। उनीहरु चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .