हेटौंडामा विदेशबाट आएका चार जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ आएको छ।
मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायका अनुसार हेटौंडा-४ वासुदेव सभागृहमा गरिएको र्यापिड टेस्ट गरिएका ४० मध्ये तीन पुरुष र एक महिलाको नतिजा पोजिटिभ आएको हो।
भारत गएर फर्किएका हेटौंडा-२ का ६७ वर्षीय वृद्ध, भारतकै बैंग्रबाट फर्किएका हेटौंडा-५ का २४ वर्षीय युवक, साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक र भारत बिहार घर भई हाल हेटौंडा-४ आफन्तकहाँ आएकी ५५ वर्षीय महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो।
पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रकाे प्रयोगशालामा पठाउने तयारी भइरहेकाे छ।
प्रतिक्रिया