समाज


भारतका विदेश सचिव भोलि आउँदै

भारतका विदेश सचिव भोलि आउँदै

नेपालखबर
साउन ३१, २०८२ शनिबार १६:४२, काठमाडौँ

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिने र त्यसका लागि द्विपक्षीय तयारी पनि अघि बढाउने गरी मिश्री नेपाल आउन लागेका हुन्। 

यसै भदौ अन्त्यतिर ओली भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ। ओली र उनका भारतीय समकक्षीबीच भारतको बोधगयामा द्विपक्षीय भेट हुने गरी कार्यक्रम पनि तय गरिँदै छ। बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थान हो।

परराष्ट्र मन्त्रालयले भने मिश्रीको नेपाल भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने जनाएको छ। 

नेपालमा रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्। उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad