खेल


टप इण्ड टी-२० सिरिज : बंगलादेश ए ले दियो १८४ रनको लक्ष्य

टप इण्ड टी-२० सिरिज : बंगलादेश ए ले दियो १८४ रनको लक्ष्य

नेपालखबर
साउन ३१, २०८२ शनिबार १७:१३, काठमाडौँ

टप इण्ड टी-२० सिरिजमा नेपालले जितका लागि बंगलादेश ए बाट १ सय ८४ रनको लक्ष्य पाएको छ।

अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि ओपनर जिसम आलम र मोहम्मद नैमले ६.४ ओभरमा ६६ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए। 

बंगलादेशका ओपनर जिसन आल सर्वाधिक ७३ रन बनाउँदा नन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे। 

जिसनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद नैम २५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे मोहम्मदले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

सैफ हसन ११ रन बनाउँदा रनआउट भए। ११ बलमा ११ रन बनाएका सैफ रिजन ढकालको बलमा विकेट किपर आशिफ शेखको हातबाट रनआउट हुन पुगे। 

कप्तान नुरुल हसन ५ रन बनाउँदा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। 

महिदुल इस्लाम भुइया अंकोन ७ रनमा रिजन ढकालको बलबाट क्याच आउट भए।

नेपालका लागि रिजन ढकालले २ तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad