समाज


मध्यराति स्वास्थ्य चौकीमा खुँडासहित प्रवेश गरेर युवकले गरे तोडफोड

मध्यराति स्वास्थ्य चौकीमा खुँडासहित प्रवेश गरेर युवकले गरे तोडफोड

नेपालखबर
साउन २९, २०८२ बिहिबार १७:४६, काठमाडौँ

रुकुम पश्चिमको घेत्मा स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा खुँडा लिएर गएका एक व्यक्तिले स्वास्थ्य चौकीभित्र तोडफोड गरेका छन्।

आठबिसकोट नगरपालिका–१४ मा रहेको घेत्मा स्वास्थ्य चौकीमा तोडफोड गर्ने स्थानीय २४ वर्षीय तिलक मल्ललाई   प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार राति ११ बजे प्रसव पीडामा रहेकी एक महिलामाथि आक्रमण गर्न गएका मल्ललाई हाल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा थुनामा राखिएको छ।

स्वास्थ्य चौकी नजिक पसल चलाउँदै आएका उनी मादक पदार्थ सेवन गरेर खुँडासहित अस्पताल प्रवेश गरेर विध्वंश मच्चाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार मल्लमाथि आपधारिक उपद्रवमा अनुसन्धान भइरहेको छ। 

‘मल्लमाथि अनुसन्धान हुँदैछ, उनी मादक पदार्थ सेवन गरेर गएको देखिन्छ। के कारणले स्वास्थ्य चौकीमा गएको भन्ने कारण खुलेको छैन’ उनले भने।  

डीएसपी विष्टका अनुसार मल्लले स्वास्थ्य कार्यालयमा तोडफोड गर्नुका साथै चौकीको गेटदेखि गाडीमासमेत तोडफोड गरेका छन्।

स्वास्थ्य चौकी प्रमुख डा. देवचन्द्र ठकुरीले प्रसव पीडामा रहेकी महिलाको प्रसूती गराउने तयारी भइरहेको समयमा ती युवक अस्पतालमा प्रवेश गरेको जनाए। 

‘रातको ११ बजेको थियो। एक जना पुरुष गाली गर्दै बर्थिङ् सेन्टरमा प्रवेश गरेका थिए’ उनले भने, ‘मैले सम्झाएर पठाउन खोजेको थिएँ। फेरि खुँडा लिएर आए।’ 

प्रमुख चन्दका अनुसार उनले स्वास्थ्य चौकीका कर्मचारीलाई अपशब्द, अपच्य शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिन थाले। स्वास्थ्य चौकी तोडफोड गर्न थाले, प्रसुती गराइरहेको महिलालाई रिफर गर्नुपरे आवश्यक पर्ने गाडी समेत तोडफोड गर्न थालेपछि उनको परिवारलाई बोलाएको चन्दले जानकारी दिए। पछि परिवारका सदस्यले खुँडा समातेर उनलाई लिएर गएका थिए।

स्वास्थ्य चौकीमा तोडफोड र ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको डा. ठकुरी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad