समाज


पाठ्यक्रम विकास केन्द्रले पहिचान गर्‍यो ‘यसपाली त मनै फाट्यो’ गीतका रचनाकार

पाठ्यक्रम विकास केन्द्रले पहिचान गर्‍यो ‘यसपाली त मनै फाट्यो’ गीतका रचनाकार

नेपालखबर
साउन २८, २०८२ बुधबार २२:६, काठमाडौँ

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली पाठ्यपुस्तकमा रहेको गलत तथ्यलाई सच्याएको छ। 

बुधबार सूचना प्रकाशित गरी केन्द्रले ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने...’ भन्ने गीतको रचनाकार राजेन्द्र थापा भएको स्पष्ट पारेको छ। 

अहिलेसम्म उक्त पाठ्यपुस्तकमा उक्त गीत अम्बर गुरुङले रचना गरेको पढाउँदै आएको थियो। 

तर, सामाजिक सञ्जाल लगायतबाट विरोध भएपछि केन्द्रले सच्याएको हो। 

पाठ्यक्रम विकास केन्द्रद्वारा जारी सूचनामा भनिएको छ, ‘यस केन्द्रबाट विस २०७९ सालमा तयार गरी कार्यान्वयनमा रहेको कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने...’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गर्नुभएको पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad