सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडा मकवानपुरले हेटौंडामा ‘टेकनोभा फेस्ट २०२५’ सम्पन्न गरेको छ।
कार्यक्रममा एआई विज्ञ सर्वज्ञ न्यौपानेले ‘एआई ईन ईन्डष्ट्री’ र साईबर सेक्यूरिटी विज्ञ विजय गौतमले ‘ईमर्जिंग ट्रेन्ड्स ईन आईटी’ बिषयमा पेपर प्रस्तुत गरेका थिए।
क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुले तैयार गरेको ‘च्याट बट’, ‘फिसिंग अट्याक’, ‘एआई भ्वाईस एक्सप्लेनर’, ‘क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ बिषयक डेमोहरु समेत प्रस्तुत गरिएको थियो।
हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले उद्घाटन गरेको आईटी फेयरमा १२ कक्षा पास गरेका करिब एक सय विध्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल ईन्डस्ट्री, सफ्टी हाईजेनिक प्रोडक्ट पालि, मल्टीपल आईरन प्रालि, स्टील्स एण्ड प्लाष्टिक उध्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतसॅग बिध्यार्थीहरुको ‘ईन्टर्न र रोजगारी’को लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो। यसलाई आगामी दिनमा अझ विस्तार गरेर लैजाने बताइएको थियो।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पसका प्रमुख दीनेश सुवेदी लगायतले सम्बोधन गरेका थिए।
Shares

प्रतिक्रिया