राजनीति


देशमा जनआक्रोश व्यापक छ, जनता जुनसुकै बेला विद्रोहमा उत्रिन सक्छन्ः उपेन्द्र यादव

देशमा जनआक्रोश व्यापक छ, जनता जुनसुकै बेला विद्रोहमा उत्रिन सक्छन्ः उपेन्द्र यादव

नेपालखबर
साउन २८, २०८२ बुधबार १९:३७, राजविराज

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन्। 

जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रस्ट र नस्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हुन्। 

देशमा भ्रष्टाचार, कुशासन एवम् विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने,  ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ।’

संसारमै अविकसित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए। लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको चर्चा गरे। 

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद यादवले राजगढ गाउँपालिकामा होनहार युवा लालु यादवलाई बिना कसुर प्रहरीले दमन गरी ज्यान मारेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विकास तिवारी, शैलेन्द्र मोहन झा, अमरनाथ मण्डल, गीता यादव, राजबिराज नगरपालिकाकी कार्यवाहक मेयर ईसरत परविन, केन्द्रीय अनुशासन समिति सदस्य कैलाश यादव, सल्लाहकार समिति सदस्य श्यामदेव यादव, प्रदेश सदस्यद्वय युसुफ अली, किशोर कुमार यादव, निर्वाचन समिति संयोजक कृष्ण प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad