समाज


डा. रामेश कोइरालाद्वारा अचानक राजीनामा घोषणा

डा. रामेश कोइरालाद्वारा अचानक राजीनामा घोषणा

फाइल तस्बिर: डा. रामेश कोइराला


नेपालखबर
साउन २८, २०८२ बुधबार १२:५, काठमाडौँ

काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले यी सबै पदबाट अचानक राजीनामा घोषणा गरेका छन्। 

अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरी सार्वजनिक पत्र लेख्दै डा कोइरालाले आफू गंगालाल राष्ट्रिय हृदय केन्द्रका सबै जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका हुन्। राजीनामापत्रमा उनले हाल आफू विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न विदेश रहेकाले अक्टोबर १६ सम्म अस्पतालमा उपस्थित हुन नसक्ने पनि उल्लेख गरेका छन्। 

त्यतिन्जेल आफ्नो कार्यकक्षमा रहेका सामानका लागि प्रतीक्षा गर्न पनि उनले अनुरोध गरेका छन्। 

‘आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तद्‌नुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजीनामा स्विकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु’, ‘उनले लेखेका छन्, सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।’

राजीनामापत्रमा उनले विदेश मात्र उल्लेख गरे पनि फेसबुकमा अमेरिका ओर्लिएको तस्बिर राखेर लेखेका छन्, ‘देश पेसा जीवन र भूमिका : सब अब फरक!’ 

उनले त्यसरी अचानक किन राजीनामा दिए भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। 

तर बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएका डा. कोइरालाले नियुक्ति नपाएपछि असन्तुष्ट भएर राजीनामा दिएको आकलन पनि भइरहेको छ। 

त्यसो त उनले राजीनामापत्रमा यो पनि लेखेका छन्, ‘म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपनाबमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि 'सहिद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र'का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु। मलाई यस केन्द्रमा बिताएको २५ वर्ष एवं यहाँको सद्‌भाव सदा सम्झना रहने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad