ad ad

छापा खबर


लकडाउनमा पनि भारतबाट निरन्तर आयात

लकडाउनमा पनि भारतबाट निरन्तर आयात

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १:५४,

बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ।

यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए।

यस अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

निरौलाका अनुसार तीन करोड चार लाख ६३ हजार १२३ रुपियाँको १२ लाख दुई हजार ५०६ किलो आलु र ९२ लाख ८३ हजार ५६४ रुपियाँ बराबरको ५३ लाख ९१ हजार किलो गोलभेँडा आयात भएको छ।

बन्दाबन्दीका बेला अन्य सामग्री आयात नभए पनि अत्यावश्यक सामग्री भने नियमित रूपमा आयात भइरहेको प्रमुख निरौलाले बताए।

यस अवधिमा १७ करोड ५९ लाख १६ हजार १२१ रुपियाँको पेटोलियम पदार्थसमेत आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .