मौसम महाशाखाका अनुसार हाल (शुक्रबार बेलुका) देशभर मौसम साधारणतया बदली (आकाशभरि बादल) छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज रातभर देशभर साधारणतया बदली रहनेछ।
महाशाखाका अनुसार आज राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
साथै आज राति कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया