राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढी, पहिरोमा परी २० जना नेपालीहरु बेपत्ता भएको भन्दै उद्धार र खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भारतको पहिरो र बाढीमा परी रोजगारीका लागि पुगेका नेपालीहरु बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे। बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुकमा जाने क्रममा केही युवाहरू शुरुमै ठगिने र केही मानिसहरूले जमोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाइरहेको बताए।
बाढी, पहिरोमा परी बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान रहेको बताए।
पौरी गढवामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको अनुमान रहेको बताए। बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको उनले बताए।
उनले भने, ‘भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी, पहिरोमा परी रोजगारीका लागि पुगेका थुप्रै नेपालीहरु बेपत्ता भएको खबर छ। धराली बजारमा आएको बाढी र बुधबार पौरी गढवामा पहिलो गएको थियो। नेपालीहरू यि दुवै घटनामा परेको अनुमान छ। जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान छ। पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको बुझिएको छ।’
सांसद रोकायाले घटनामा परेका मजदुरको अविलम्व पहल गर्न सरकारको ध्यानाकर्षण गराए। रासस
Shares

प्रतिक्रिया