समाज


ललितपुरमा ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार स्थापना

ललितपुरमा ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार स्थापना

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १३:३६, काठमाडौँ

नेपाल पत्रकार महासंघ, ललितपुर शाखामा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना भएको छ। 

बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर बिष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्नेसम्बन्धी सहमति भएको हो। एक कार्यक्रमकाबीच दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त पुरस्कारको लागि लक्ष्मणबहादुर बिष्टले एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न सहमति जनाएका छन्। उक्त रकमको वार्षिक ब्याजबाट हरेक वर्ष एक जना कृयाशील पत्रकारलाई पुरस्कृत गरिने महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए। 

महासंघको तर्फबाट अध्यक्ष कार्की र दाताको तर्फबाट लक्ष्मणबहादुर बिष्टले सहमती पत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिअनुसार पुरस्कारको सम्पूर्ण कार्यविधि तथा छनोट प्रक्रिया महासंघले निर्माण गर्नेछ। 

पुरस्कार अर्थ, राजनीति, अपराध, कृषि, धर्म, संस्कृति तथा कलाका क्षेत्रमा कलम चलाउने कृयाशील पत्रकारलाई प्रदान गरिने महास.घ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए।

पुरस्कार प्राप्त गर्न नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आबद्ध सदस्य मात्र योग्य हुनेछन्। स्वर्गीय राधा विष्टको स्मृतिमा नयाँमार्ग साप्ताहिकका सम्पादक÷प्रकाशक लक्ष्मण बहादुर विष्टले अक्षयकोष स्थापना गर्न सहयोग गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad