राजनीति


उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरू खोज्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरू खोज्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन

मंगलबार उत्तकाशीमा गएको बाढी-पहिरो।


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १३:४५, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले छिमेकी मुलुक भारतको उत्तराखण्डमा बाढीमा परी बेपत्ता नेपालीहरूको खोजीका लागि दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छन्। 

बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको उनले बताएकी छन्। 

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ। उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ उनले भनिन्, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु। सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा मंगलबार दिउँसो आएको भीषण बाढी-पहिरोमा परी ५० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। 

तीमध्ये अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बाढी-पहिरोमा बेपत्तामध्ये २० भन्दा बढी नेपाली पनि रहेको यहाँका स्थानीय तह तथा प्रशासनले जनाएका छन्। 

बेपत्ता भएकामा जाजरकोट, बर्दिया, जुम्ला र रुकुमका गरी कम्तीमा १८ नेपाली रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। 

यसैगरी धादिङका पनि ४ जना रहेको स्थानीय प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad