समाज


बाढीपहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी

बाढीपहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८२ बिहिबार ११:५१, काठमाडौँ

वर्षासँगै आएको बाढी-पहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्ग र लमजुङको मध्यनेपाल नगरपालिका-९ स्थित मध्यपहाडी लोकमार्ग आज पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

त्यसैगरि काठमाडौँ-नुवाकोट सडक, तेह्रथुमको लालीगुराँस नगरपालिका- ७ स्थित मध्यपहाडी राजमार्ग, रसुवाको उत्तरगयास्थित गल्छी त्रिशूलीदेखि मैलुड स्याफ्रु जाने सडक, बागलुङको बागलुङ नगरपालिका- १० स्थित कालीगण्डकी करिडोर र बागलुङकै काठेखोला-६ स्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको गैँडाकाेट ३ स्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका- ४ स्थित बेनी-जोमसोम सडक, तनहुँको बन्दिपुर-४ चुनपहरास्थित पृथ्वी राजमार्ग, कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पोखरा बागलुङ सडक, गुल्मीको रुरु-३ स्थित रिडी-तम्घास सडक, दाङको लमही नगरपालिका-९ स्थित राप्ती राजमार्ग र रोल्पाको  परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad