अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि छलफल गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेट्ने ‘उच्च सम्भावना’ रहेको बताएका छन्।
यसअघि बुधबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनसँग ३ घण्टा भेटवार्ता गरेका थिए। जसलाई ‘उपयोगी र रचनात्मक’ बैठक भनिएको छ।
युक्रेनमा युद्धविरामका लागि सहमत हुन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदै छ।
अन्यथा रुसविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी ट्रम्पले दिएका छन्।
219
Shares

प्रतिक्रिया