समाज


कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- स्वदेशमै पढौँ र केही गरौँ!

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- स्वदेशमै पढौँ र केही गरौँ!

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ९:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत ओलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका हुन्। 

‘भू-परिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरू!’

उनले विद्यार्थीको मेहनत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गर्न पनि आग्रह सबैलाई गरेका छन्।  

‘तपाईंहरूको मेहनत सफल भयो। अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ। फेरि पनि बधाई सबैलाई!’, प्रधानमन्त्री ओलीले लेखेका छन्। 

सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad