बागमती


बागमतीको नयाँ सरकारमा पठाउन एमाले मन्त्रीहरूको सूची तयार, एक मात्र पुरानो अनुहार

बागमतीको नयाँ सरकारमा पठाउन एमाले मन्त्रीहरूको सूची तयार, एक मात्र पुरानो अनुहार

बागमतीमा अब बन्ने नयाँ सरकारमा एमालेले पठाउने मन्त्रीहरूको फाइल तस्बिर


सुनिता विष्ट
साउन २०, २०८२ मंगलबार ९:२१, हेटौँडा

नेकपा एमालेले बागमती प्रदेशमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ। 

कांग्रेसका प्रदेश नेता बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि आज कांग्रेसकै प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन्। 

त्यसमा पठाउने मन्त्रीहरूको सूची सत्ता साझेदार एमालेले तयार पारेको हो। 

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेको भागमा ६ वटा परेका छन्। 

त्यसमा पठाउन एमालेले दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसीलाई मन्त्री बनाउने भएको हो। 

यी ६ जनामध्ये किरण थापा मगर मात्र दोहोरिँदै छन्। बाँकी सबै नयाँ अनुहार हुन्।

उनीहरूलाई आजै नियुक्ति दिएर मुख्यमन्त्री बानियाँसँगै शपथ खुवाउने तयारी रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

उनीहरूलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लाग्न भने बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad