समाज


सरकारको आलोचना भइरहँदा गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक

सरकारले बहुविवाहलाई मान्यता दिनेगरि कानुन संशोधन गर्न लागेको भन्दै बिराेध
सरकारको आलोचना भइरहँदा गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ८:४२, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले मुलुकी अपराध संहितामाथि संशोधनका विषयमा छलफल गर्न विधयेक समितिको बैठक बोलाएका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान नौबजे बस्नेगरि लेखकले बैठक बोलाएका हुन्। 

हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा बैठकमा छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

सरकारले अपराध संहिता संशोधन गरेर बहुविवाहलाई मान्यता दिन लागेको भन्दै चर्को आलोचना भइरहेको छ। 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न नखोजेको बताउँदै आएका छन्।

अवैध सम्बन्धबाट गर्भ रहँदा जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि भन्दै सरकारले बहुविवाहलाई मान्यता दिनगरि कानून संशोधन गर्न लागेको चर्चा छ।  

खासगरि कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागेपछि यसले चर्चा पाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad