भारतमा एकै दिनमा ६२४ नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा गएको २४ घण्टामा ६२४ नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यससँगै भारतमा बुधबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ११ हजार ५५५ पुगेको छ।
त्यहाँ हालसम्म ३९६ को मृत्यु भएको छ। विश्वव्यापी बनेको कोरोना महामारीका कारण भारतमा दैनिक कोरोना संक्रमित र मृतक संख्या बढ्दै गएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया