ad ad

समाज


जर्मनीमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमितको मृत्यु

जर्मनीमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमितको मृत्यु

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ७:२२,

युरोपेली मुलुक जर्मनीमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ।

गएको २४ घण्टामा जर्मनीमा २८५ जनाको मृत्यु भएको हो। जर्मनीमा एकैदिन यो दरमा कोरोना संक्रमितको मृत्यु भएको पहिलोपटक हो।

हाल जर्मनीमा कोरोना संक्रमणको दर घट्दै गएको त्यहाँको सरकारले जनाएको छ। जर्मनीमा हालसम्म १ लाख ३२ हजार २१० मा कोरोना संक्रमणको पुष्टि भएको छ।

त्यहाँ हालसम्म ४३ सय ९५ को मृत्यु भएको छ। जर्मनीमा अमेरिका, इटली, स्पेन, फ्रान्स लगायतका मुलुकको जस्तै संक्रमण दर भएपनि जर्मनीकोे मृत्युदर ती देशहरुमा भन्दा निकै कम छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .