समाज


चट्याङ्ले लागेर दुई जनाको मृत्यु, पाँच घाइते

चट्याङ्ले लागेर दुई जनाको मृत्यु, पाँच घाइते

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ७:४,

दार्चुला र मकवानपुरमा गरी चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार चट्याङ्ले लाग्दा दार्चुलाको शैल्यशिखर नगरपालिका-६, तिखाधारमा ७ वर्षीया लक्ष्मी खातीको मृत्यु भएको हो। मंगलबार राति घरभित्रै बसिरहेका बेला चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। साथै अन्य ५ जना घाइते भएका छन्।

राति ८ बजे घरमा लागेको चट्याङले लाग्दा सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन्। चट्याङले घर पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेका दुहुनो गाई र गोरु मरेका छन्। यस्तै व्यास गाउँपालिका–५, धौलाकोटमा पनि चट्याङले लागेर एक एकवटा भैँसी र बाख्रा मरेका छन्।

यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका-७, धिराङमा बुधबार बिहान परेको चट्याङले लाग्दा एक जनाको मृत्यु भएको छ।

मनहरिस्थित इलाका प्रहरी कार्यालयका अनुसार चट्याङ्ले लागेर ४१ वर्षीय चैत्र प्रजाको मृत्यु भएको हो। यस्तै सोही वडामा चट्याङ परी तीन जना घाइते भएको खबर आएकाले उनीहरूलार्य उपचारका लागि उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली बिहानै त्यसतर्फ गएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad