रूपन्देहीको सियारी गाउँपालिका–७ भर्तापुरस्थित सडकमा ना.६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ गरकट्टी बस्ने ५५ वर्षीय राम मिलन धवलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
48
Shares

प्रतिक्रिया