स्याङ्जामा नगद तथा गहना चोरी भएको भन्दै प्रहरीलाई सूचना दिने व्यक्ति नै पक्राउ परेका छन्।
२०८२ साउन १२ गते बेलुका आँधिखोला गाउँपालिका-१ स्थित आफ्नै घरबाट साढे ७ तोला सुनका गहना र नगद चार हजार रुपैयाँ समेत चोरी भएको भनी प्रहरी कार्यालयमा सूचना दिने व्यक्ति नै पक्राउ परेका हुन्।
चन्द्रकुमारी गुरूङले दिएको निवेदनको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा चोरी भएको भनिएको सुनको गर गहना तथा नगद निज चन्द्रकुमारी गुरूङ र धनराज गुरूङले मिलिमतोमा लुकाई राखेको पाइएको थियो।
प्रहरीले उक्त सामान बरामद गरेको छ।
प्रहरीलाई झुट्टा निवेदन दिएको खुलेपछि चन्द्रकुमारी र धनराजलाई साउन १७ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।
36
Shares

प्रतिक्रिया