समाज


नेपालतर्फ नजिकिँदै मनसुनको न्यूनचापीय रेखा, ३ दिन वर्षा बढ्ने सम्भावना

काठमाडौँ उपत्यकामा आज कस्तो होला वर्षा?
नेपालतर्फ नजिकिँदै मनसुनको न्यूनचापीय रेखा, ३ दिन वर्षा बढ्ने सम्भावना

नेपालखबर
साउन १७, २०८२ शनिबार ८:१२, काठमाडौँ

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन्। 

मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ नजिकिने क्रममा छ। 

‘त्यसले आजदेखि कम्तीमा तीन दिन मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना छ’, शनिबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘यसपटक मधेस तथा तराईमा पनि पानी राम्रै पर्ने अनुमान छ।’

त्यसो त मधेस क्षेत्रमा गएराति पनि राम्रै वर्षा भएको उनले बताइन्। ‘पछिल्लो १० घण्टाको रेकर्ड हेर्दा मधेसका एक-दुई स्थानमा भारी वर्षा पनि भएको छ’, मौसमविद् महर्जनले भनिन्। 

अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। 

यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकाका पनि कतै-कतै हल्का वर्षा भइरहेको जानकारी उनले दिइन्। 

‘आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भनिन्। 

वर्षा सम्भावनाबारे हेर्नुहोस्, तलको तालिका:

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad