समाज


काेराेना संक्रमित ३ भारतीय १४ जनाको समूहमा ४ महिनाअघि नै आएका थिए नेपाल

काेराेना संक्रमित ३ भारतीय १४ जनाको समूहमा ४ महिनाअघि नै आएका थिए नेपाल

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १:१५,

पर्साको वीरगन्जमा कोरोना संक्रमण पुष्टि भएका ३ भारतीय नागरिक १४ जनाको समूहमा ४ महिनाअघि नै नेपाल आएको खुलेको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त भारतीय धार्मिक समूह गत डिसेम्बर १७ तारिख (पुस १ गते) दिल्लीबाट रेल चढी विराटनगर नाकाबाट डिसेम्बर १८ तारिख (पुस २ गते) नेपाल प्रवेश गरेको हो।

पर्सा जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ सार्वजनिक गरेको यात्रा विवरण (ट्राभल हिस्ट्री)का अनुसार तीन संक्रमित पाइएका १४ जनाको टोली पूर्वी नेपालका विभिन्न जिल्ला घुम्दै गत फागुन ८ गते पर्साकाे वीरगन्ज आइपुगेको हो।

travel pic1 1442020061743 1000x0

यसअघि ती १४ जना पुस ४ गतेदेखि १० दिनसम्म सुनसरीको दुहबीस्थित जामे मस्जिदमा बसेका थिए। पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनर्वास्थित विभिन्न मस्जिदमा उनीहरू पुगेकाे पर्सा प्रशासनले सार्वजनिक गरेकाे यात्रा विवरणले देखाएकाे छ। 

त्यसपछि ती १४ भारतीय इनर्वाबाट फागुन २ गते सप्तरीमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा भएका थिए। अनि फागुन ८ गते उनीहरू वीरगन्जको सुगौली आइपुगेका थिए।

याे पनि : 

वीरगञ्जको मस्जिदमा रहेका तीन पुरुषमा कारोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad