राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १:३,

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भण्डारी र ओलीबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार नियमित भेटघाटका लागि ओली शीतल निवास पुगेका हुन्।

त्यस क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कोरोना संक्रमण रोकथामका विषयमा कुराकानी भएको बताइएको छ। भण्डारीले कोरोनाविरुद्ध सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिएकी छन्।

भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्ध लड्दै गरेको लडाइँ र जनताको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राखेर लागू गरिएको लकडाउनका विषयमा भण्डारीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad