ad ad

समाज


कञ्चनपुरका कैदीबन्दीले सिदा कटाएर विपन्नलाई गरे खाद्यान्न सहयोग

कञ्चनपुरका कैदीबन्दीले सिदा कटाएर विपन्नलाई गरे खाद्यान्न सहयोग

गोकुल जोशी
बैशाख २, २०७७ मंगलबार ११:५१,

जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीले आफ्नो सिदा कटाएर विपन्न परिवारलाई खाद्यान्य सामाग्री राहतस्वरुप सहयोग गरेका छन्।

लकडाउनका कारण परिवार पाल्न धौ–धौँ भइरहेकाहरुका लागि उनीहरुले खाद्यान्न सहयोग गरेका हुन।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलिन नदिन मुलुक तीन सातादेखि लकडाउनमा छ।

सरकारले मंगलबार यो अवधि लम्ब्याएर वैशाख १५ सम्म थप गरेको छ।

यसले गर्दा दैनिक ज्याला गरेर जीविकोपार्जन गरिरहेकाहरु निकै प्रभावित भएका छन्।

जिल्ला कारागार कञ्चनपुरका ३ सय १६ जना कैदीबन्दीले विपन्न, ज्यालादारीमा काम गर्ने मजदुर तथा सुकुम्वासीलाई ८ क्विन्टल खाद्यान्न चामल तथा १ बोरा नुन सहयोग गरेका हुन।

कैदीबन्दीहरुले आफ्नो एक छाक खाना कटाई विपन्न, ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत खाद्यान्न हस्तान्तरण गरिएको कैदीवन्दी नाइके टेकराज जोशीले बताए।

जिल्ला कारागार कञ्चनपुरमा क्षमताभन्दा तीन गुणाबढि कैदीबन्दी छन। ९५ जना क्षमताको कारागारमा २ नाबालकसहित १८ महिला तथा २ सय ९८ पुरुष बन्दी छन्।

बन्दीहरुले मंगलवार नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै निशर्त कैदमुक्त गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .