ad ad

राजनीति


प्रधानमन्त्रीलाई झाँक्रीको सुझाब : आफ्नो तलब दिनुभन्दा जम्बो सचिवालय खारेज गर्नुहोस्

प्रधानमन्त्रीलाई झाँक्रीको सुझाब : आफ्नो तलब दिनुभन्दा जम्बो सचिवालय खारेज गर्नुहोस्

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ११:५०,

नेपाल कम्युनिस्ट पार्टीकी युवा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्बो सचिवालय खारेज गर्न सुझाब दिएकी छन्।

नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीलाई कोरोना पूर्ण रुपमा नहटेसम्म आफूले तलब नलिने घोषणा गरेपछि यस्तो सुझाब दिएकी हुन्। प्रधानमन्त्री एक जनाको तलब भन्दा अनावश्यक सचिवालयमा बढी खर्च भइरहेको भन्दै उनले खर्च कटौती गर्नका लागि सचिवालयको आकार घटाउन माग गरेकी हुन्। प्रधानमन्त्रीको सचिवालयमा ४८ जनासम्म तलब खाने व्यक्तिहरु राख्न मिल्ने व्यवस्था छ।

उनले प्रधानमन्त्री मात्रै नभई राष्ट्रपतिदेखि प्रमुख सचेतकसम्मले अनावश्यक रुपमा राखेका सचिवालय खारेज गर्ने यो उपयुक्त बेला भएको बताएकी छन्।

‘सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरिसक्यौ, अब प्रमले आफ्नो २/४ महिनाको तलब नलिएर राज्यमा राहत हुन्न’, मंगलबार सामाजिक सञ्जाल फेसबुकमा नेतृ झाँक्रीले लेखेकी छन्, ‘प्रमको निजी सचिवालयमा मन्त्री सरहको सुबिधा खाने कति छन? करिब ४८ जनासम्मले सित्तैमा तलव थाप्न पाउने ब्यवस्था छ। त्यो पो खारेज गर्नपर्ने होला।’

उनले प्रमले आफूले तलव नलिने घोषणा गर्नु भन्दा आफ्नो अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय लोकप्रिय हुने बताएकी छन्।

नेतृ झाँक्रीले पूर्वप्रधानमन्त्रीहरुले पाइरहेको अनावश्यक सचिवालय पनि हटाउन माग गरेकी छन्।

‘पूर्वप्रमले गाडी तेल ड्राईभरसहित १२ जनासम्मको निजी सचिवालय पाउँछन्। यी होइन र हटाउन पर्ने?’, उनको प्रश्न छ।

उनले सरकारका मन्त्रालय र विभागसँग मिल्दा चरित्रका कार्यालयहरु यही मौकामा खारेज गर्न माग गर्दै त्यसका लागि तीन/चार जानको विज्ञ समिति बनाउन माग गरेकी छन्।

उनले हरेक संकटमा अग्रभागमा खटिने सुरक्षाकर्मीको तलब कटाउनु गलत हुने भन्दै कामपछि मामको ग्यारेन्टी गर्न समेत माग गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .