ad ad

समाज


कोरोनाविरुद्धको उपाय नमान्ने अमेरिकी क्रिस्चियन धर्मगुरुको कोरोनाकै कारण मृत्यु

कोरोनाविरुद्धको उपाय नमान्ने अमेरिकी क्रिस्चियन धर्मगुरुको कोरोनाकै कारण मृत्यु

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १२:४,

अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभरेन्स इभानजेलिस्टीक चर्चका बिसप जिराल्ड ग्लेनको कोरोनाको संक्रमणपछि मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।

बिसप ग्लेनकी छोरी मार–गेरी क्रलीले मंगलबार पिताको मृत्यु भएको पुष्टि गरेकी हुन्।

भर्जिनियाको सरकारले गत मार्च २२ मा कोरोनाविरुद्ध बच्नका लागि भेला र भिड नगर्न, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न, सरसफाइमा ध्यान दिन सबैलाई सुझाव दिएको थियो।

तर ग्लेनले आफूले सरकारको नियमको पालना नगर्ने बताउँदै भनेका थिए,‘म पूर्ण रुपमा यो विश्वास गर्छु कि भगवान कुनैपनि भाइरसभन्दा ठूला हुन्।’

अप्रिल ४ मा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। हाल अमेरिका विश्वमै सबैभन्दा बढी कोरोनाले प्रभावित बनेको राष्ट्र हो।

त्यहाँ ५ लाख ८७ हजार १७३ जनामा कोरोना संक्रमण भएको छ। २३ हजार ६४४ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .