सिन्धुलीबाट थातथलो छोडेर पोखरा पुगेको हायू परिवार घर फर्कन अस्वीकार गरेको छ।
सिन्धुलीको गोलञ्जोर ६ का मा रहेको घरमा ताला ठोकेर नफर्कने गरी पोखरा पुगेका उनीहरूलाई फर्काउन वडाध्यक्ष रविन कुमार श्रेष्ठ पोखरा पुगेका छन्।
वडाध्यक्षसँग हायू परिवारले घर फर्कन अस्वीकार गरेको हो।
उनीहरूले यो विषयमा सोच्नको लागि दुई-तीन दिनको समय मागेका छन्।
अध्यक्ष श्रेष्ठ भने हायू परिवार नलिई पोखराबाट सिन्धुली फर्कंदै छन्।
गएको शुक्रबार १६ जनाको परिवार घर छोडेर हिँडेपछि हल्लाखल्ला भएको थियो। उनीहरू कामको खोजीमा पोखरा पुगेको सोमबार थाह भएको थियो।
गाउँमा छोराछोरी बिरामी परिरहने र घर पनि दुर्गममा भएको भन्दै थातथलो छोडेको उनीहरूले बताएका छन्।
1.4k
Shares

प्रतिक्रिया