गण्डकी


हायू परिवारः तालवाराही दर्शन गरे अनि गुमनाम बन्न पाइला चाले

हायू परिवारः तालवाराही दर्शन गरे अनि गुमनाम बन्न पाइला चाले

वाशुदेव मिश्र
साउन १३, २०८२ मंगलबार २१:५३, पोखरा

सिन्धुलीको गोलञ्जोर ६ का मा रहेको घरमा ताला ठोकेर नफर्कने मनसहित पोखरा आएको हायू परिवारले मंगलबार तालबाराहीको दर्शन गर्‍यो।

सोमबार राति प्रहरी चौकीसम्म पुग्न बाध्य र राति १ बजेतिर त्यहाँबाट उम्केको परिवारले खासमा त्यहाँ भागी बिहे गरेका छोरी सुस्मिता र ज्वाइँ सुजन हायूको टीकाटालो फुकाउन चाहन्थ्यो। तर, सामाजिक सञ्जालमा हराइएका भनेर चर्चित बनेका उनीहरू त्यहाँ पुग्दा केही संचारकर्मी र सर्वसाधारण पनि पुगिसकेका थिए।

त्यो चियोचर्चोबाट बँच्न उनीहरूले टीकाटालो फुकाएनन्। लामो समय बस्दा पनि बसेनन् र बस चढेर पुनः पोखरा ३० गगनगौंडातिर फर्के। 

डाँडाको नाक प्रहरी चौकीका प्रमुख डीएसपी श्रवणकुमार बिकका अनुसार सोमबार राति सो परिवारसँग सोधपुछ गरिएको थियो भने मंगलबार सम्पर्कमै रहन भनिएको थियो। उनीहरू सम्पर्कमा पनि आए।

तर, व्यक्तिको स्वतन्त्रतामाथि प्रहरीले हस्तक्षेप गर्न सक्दैनथ्यो। उनीहरूको मनसाय सिन्धुली नफर्कने र सकुशल रहेको जानकारी पाएपछि प्रहरीले पनि उनीहरूमाथि निगरानी र थप प्रक्रियामा नगएको डीएसपी श्रवणको भनाइ छ।

प्रहरीले हायू परिवारलाई ज्वाइँसहित आफन्तको जिम्मा लगाइसकेको छ।

यता, हायू परिवार आफ्नोबारे अनावश्यक हल्ला भएकोमा आक्रोशित छ। सम्भवतः उनीहरू पोखरा वा यसकै वरपर बस्ने जमर्को गर्दैछन्। ज्वाइँ धनबहादुर चाहिँ पाएको कोठाबाट निस्कनु परेकाले नयाँ कोठा खोज्न दुःख हुने बताउँदै थिए। तनहुँका धनबहादुरले पनि सिन्धुलीकी कमला हायूसँग ३ वर्षअघि प्रेमविवाह नै गरेका हुन्।

तनहुँको मान्छे, विदेश बस्ने, कसरी सिन्धुलीको मान्छेसँग प्रेम भयो त? नेपालखबरको प्रश्नमा उनले हाँस्दै भने,‘यस्तै हो, अहिले मोबाइल भएपछि के हुँदैन?’

अहिले उनीसँग मोबाइल, ससुरालीतिरका आफन्तहरू आश्रित बनेका छन्। केही दिनभित्र उनीहरूले पक्कै कोठा पाउने छन् र नयाँ जीवनको सुरुवात गर्नेछन्।

गाउँको बिरामीले उनीहरूलाई छाड्ला कि नछाड्ला? यो उनीहरूकै कुरा भयो तर गरिबीले चाहिँ थातथलो छाडे पनि उनीहरूलाई त्यत्तिकै नछाड्ने चाहिँ पक्का छ। सहरमा मिहिनेतले पाखुरी बजारे भने चाहिँ उनीहरू सन्तोषले नै बाँच्चे छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad