समाज


आजको सम्भावित बाढी : काठमाडौँसहित ४० जिल्लामा चेतावनी

आजको सम्भावित बाढी : काठमाडौँसहित ४० जिल्लामा चेतावनी

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८२ मंगलबार १३:५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन १३, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज सोलुखुम्बु, रामेछाप, ओखलढुंगा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।  

यस्तै आज इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।  

महाशाखाले उल्लिखित ४० जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै सम्बन्धित स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

हेर्नुहोस्, बाढी महाशाखाको सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad