राजनीति


बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ सांसद

बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ सांसद

सुनिता विष्ट
साउन १३, २०८२ मंगलबार १३:९, हेटौँडा

बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।  

यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।  दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो।  अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad