समाज


सातै प्रदेशमा पानी पर्ने क्रम जारी, कहाँ, कत्रो वर्षा होला राति?

सातै प्रदेशमा पानी पर्ने क्रम जारी, कहाँ, कत्रो वर्षा होला राति?

नेपालखबर
साउन १२, २०८२ सोमबार १८:२६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार साँझ ६ बजे) देशभर साधारणतया बदली (आकाशभरि बादल) छ भने कोसी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रेदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम बदली हुने र पानी पर्ने क्रम आज रातभर जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। 

महाशाखाका अनुसार राति मौसम देशभर साधारणतया बदली रहनेछ। देशका पहाडका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस क्रममा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad