समाज


कानुनमा भट्टराईद्वय सचिव बढुवाका लागि सिफारिस, नायब महान्यायाधिवक्तामा दाहाल

कानुनमा भट्टराईद्वय सचिव बढुवाका लागि सिफारिस, नायब महान्यायाधिवक्तामा दाहाल

इन्दिरा दाहाल भट्टराई, निर्मला अधिकारी भट्टराई र सूर्यराज दाहाल


नेपालखबर
साउन १२, २०८२ सोमबार १२:९, काठमाडौँ

न्याय सेवा आयोगले कानुनका दुई सहसचिवलाई सचिवमा बढुवा बढुवा गर्न सिफारस गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको आयोगको बैठकले निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा गर्दै सत्य निरुपण आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको छ। उनी हाल कायममुकायम सचिव छिन्।

सहसचिव इन्दिरा दाहाल भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएकी छन्। उनलाई कानुन आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ।

सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस भएका छन्। उनी हाल कामु नायब महान्यायाधिवक्ता छन्। बढुवापछि उनी बेपत्ता आयोगको सचिवमा पदस्थापन हुनेछन्।

यस्तै बेपत्ता आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। उनी नायब महान्यायाधिवक्ता हुन्।

बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल र रजिस्ट्रारमा मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको छ।

अब मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरू सबैको पदस्थापन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad