समाज


दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
साउन ११, २०८२ आइतबार २०:२२, काठमाडौँ

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। दुर्घटनामा अर्का घाइते भएका छन्।

यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ धामी टोल बस्ने ३० वर्षीय तारा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि भारतको खटिमातर्फ रिफर गरिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad