राजनीति


टेरामक्स प्रकरणमा दिगम्बर झा ३ लाख धरौटीमा रिहा

टेरामक्स प्रकरणमा दिगम्बर झा ३ लाख धरौटीमा रिहा

नेपालखबर
साउन ११, २०८२ आइतबार २०:३३, काठमाडौँ

टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा ३ लाख धरौटी बुझाएर रिहा भएका छन्।

आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग भ्रष्टाचार मुद्दाको ३ लाख रूपैयाँ धरौटी माग गरेको थियो। 

उनी अदालतले माग गरेको धरौटी रकम बुझाएर रिहा भएका हुन्। 

यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाउपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बस्नेतसँग अदालतले २५ लाख धरौटी माग गरेको थियो। उनी सञ्चारमन्त्री छँदा नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोग छ।

यसअघि गत फागुनमा विशेष अदालतसहित झासहित ३ जनालाई एमडीएमएस खरिद घोटालामा दोषी ठहर गरिसकेको छ। त्यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad